धादिङ । वैशाख १२ गते आएको विनाशकारी भुकम्पका कारण घरबार विहीन भएर विस्थापित शिविरहरुमा बसिरहेका बालबालिकाहरुलाइ चाइल्ड युनिटि धादिङले शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
भुकम्पका कारण उत्तरी धादिङको लापा, सेर्तुङ, री, झार्लाङ र तिप्लिङबाट विस्थापित भएर सदरमुकाम आसापासका खाली जग्गामा बस्दै आएका विस्थपित विद्यार्थीहरुको लागि शैक्षिक सामाग्रीहरु हस्तानतरण गरिएको हो । भुकम्पले घर भत्काउदा पढ्ने किताव कापीहरु पनि पुरिएकाले विस्थापित शिविरमा बसेर नजिकैको विद्यालयमा अध्यनन गर्दा पठन पाठन गर्न सजिलो होस भन्नका लािग शैक्षिक सामाग्रीहरु वितरण गरिएको चाइल्ड युनिटि धादिङले जनाएको छ ।
करिव १ लाख ५० हजार रुपैया बरावर नगद संकलन भएको र विद्याथीहरुको सहयोगमा स्टेशनरी सामाग्री संकलन गरिएपछि प्रत्येक विद्यार्थी बराबर एउटा झोला र आवश्यक शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो । अहिले पहिलो चरणमा ३५० जना भुकम्प पिडित विस्थापितहरुका लागि शैक्षिक सामाग्री वितरण गरिएको र अभियान जारी नै रहेकाले आगामी दिनमा पनि भुकम्प पिडित बालबालिकाहरुका लागि शैक्षिक सामाग्री सहयोग गर्ने कार्यलाइ निरन्तरता दिने अभियानका सदस्य रोशन कोइरालाले जानकारी दिए ।