प्रारम्भिक मस्यौदा माथी सुझाव संकलन गर्ने सम्वन्धी सूचना

Avatar photo
Dhadingpost
बिहिबार, असार ३१, २०७२

संविधानसभा
नागरिक सम्वन्ध तथा संविधान सुझाव उपसमिति, धादिङ्गको
नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा माथी जनताको राय सुझाव संकलन गर्ने सम्वन्धी सूचना

मिति २०७२ साल साउन ४ गते ११ः०० बजे धादिङ्ग जिल्लाको निर्वाचन क्षेत्र नं. १ को सल्यानटार,
क्षेत्र नं. २ को धादिङ्गवेसी
क्षेत्र नं. ३ को गजुरीमा
उक्त क्षेत्रका माननीय सभासदहरुको उपस्थितिमा संविधानको पहिलो मस्यौदामाथि नागरिकको राय सुझाव लिनको लागि सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा सम्बन्धित क्षेत्रका नागरिकहरुलाई उक्त कार्यक्रममा सक्रिय रुपमा सहभागिता जनाई नयाँ संविधानको प्रारम्भिक मस्यौदा उपर आफ्नो अमूल्य राय सुझाव उपलब्ध गराउनु हुन हार्दिक अनुरोध गरिन्छ ।
साथै आफ्नो राय सुझाव संविधानसभा सचिवालयमा निम्न माध्यमबाट पठाउन सकिनेछ
इमेल- comt.crcs@gmail.com
Toll Free No. :- 16600122344
Post Box No. :- 20099, Kathmandu, Nepal.
थप जानकारीको लागि Web Site :- www.can.gov.np बाट पाउन सक्नु हुनेछ ।