धादिङ । आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्म जयन्ती आज धादिङबेसीमा काव्य प्रवाह गरि मनाईयो ।
कार्यक्रमका प्रमुख अतिथि धादिङका स्थानिय विकास अधिकारी लक्ष्मण विक्रम थापाले नेपाली साहित्यका धरोहर भानु भक्तको चर्चा गर्नु भएको थियो ।
एड्भान्स एकेडेमी धादिङबेसीको आतिथ्यतामा भएको काव्य प्रवाह भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकारहरु डिपि अर्याल, डा. रामप्रसाद ज्ञवाली, डा. देवि नेपाल, पुष्कर घिमिरे, उषा भट्ट र स्थानिय साहित्यकारहरुले काव्य प्रवाह गर्नु भएको थियो ।
बिक्रम सम्वत १८७१ अषाढ २९ गते तनहुँको चुँदी रम्घा गाउँमा जन्मुन भएका भानुभक्त आचार्यले रामायण महाकाब्य, प्रश्नोत्तरमाला, भक्तमाला, बधूशिक्षा लद्युकाब्यको रचना गरेका थिए ।
भानुभक्तका काब्यकृतिले नेपाली काब्य भाषाको स्वरुप निर्माण गर्दै गलेका कारण नेपाली साहित्य जगतमा उनलाई आदिकविको रुपमा सम्मान गरिदै आएको छ ।