त्रिशुली नदिमा ३६५ दिन नै सुरक्षित जलयात्रा गर्न सकिन्छ

Avatar photo
Dhadingpost
शनिबार, असार २६, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । नेपाल एसोसियसन अफ र्याफटिङ एजेन्सिज (नारा) ले यहि असार २६ गते त्रिशुली नदिमा साहसिक जलयात्रा महोत्सव समपन्न गरेको छ । शनिबारको दिन पारेर आयोजना गरिएको साहसिक यात्राको रुपमा चिनिने जलयात्रा कार्यक्रममा ३ सय भन्दा बढि सहभागिता रहेको थियो ।
OLYMPUS DIGITAL CAMERAपछिल्लो समय भुकम्पले त्रसित समूदायलाई मानसिक रुपमा बलियो बनाउने शन्देस दिन र भुकम्पले क्षति पुर्याएका क्षतिहरुमध्ये जलयात्रामा भने केही असर नगरेको देखाउन जलयात्रा महोत्सवको आयोजना गरिको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भयो ।
बैरेनी गाउँ विकास समिति स्थित महेशदोभानबाट सुरु गरिएको जलयात्रा महोत्सव मलेखुबजार छेउमा पुगेर सम्पन्न गरिएको थियो । जलयात्राले भुकम्पले विछिप्त आफूहरुलाई नयाँ काम गर्ने गरी सोच्ने वातावरण बनाएको जलयात्राका सहभागीहरुले बताएका छन् । राष्ट्रिटय विपद तथा प्राकृतिक प्रकोपमा परेकाहरुलार्य मनोरंजनकै माध्यमबाट पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्न कुराको जलयात्राबाट पुष्ट भएको सहभागीहरुले बताएका छन् । करिब तीन घण्टा लामो याधाको क्रममा यात्र गर्नेमहरुले मात्रै नभर्य नदि किनारका स्थानीयहरुले समेत सडक छेउबाट हेरेर मनोरंजन लिएका थिए ।
OLYMPUS DIGITAL CAMERAयसअघि पनि रोयल विच क्याम्प खटौती त्रिशुली किनार धादिङमा संचालन भएको ५ दिने एड्भान्स रिभर गाइड तालिममा देशका विभिन्न नदीहरुमा गाइड गरिरहेका ७५ जना रिभर गाइडहरुको सहभागिता रहेको थियो ।
नेतृत्व विकास, क्षमता अभिवृद्धि, संचारको प्रसार, रिभर रेस्क्यू तथा नदीहरुको बारेमा चन्द्र दाहाल, रमण नेपाली भट्टराई, इन्द्र राई, चन्द्र आलेले प्रशिक्षण दिनु भएको थियो । दुवईमा र्याफटिङ गाइड गर्दै आउनु भएका चरौदीका लच्छु कँडेलले तालिमले आफुहरुलाई सकारात्मक उर्जा दिएको बताउनु भयो ।
हाल नेपालमा १६ वटा नदीहरुमा र्याफ्टिङ गर्ने अनुमति छ । ३६५ दिन नै सुरक्षित जलयात्रा भने त्रिशुली नदिमा मात्र गर्न सकिन्छ । नेपालभर ९ सय जना तालिम प्राप्त रिभर गाइडहरु रहेका छन् । नारामा ७२ वटा कम्पनी दर्ता भएपनि १०० वटा भन्दा बढि कम्पनीहरुले र्याफटिङ गराउँदै आएका छन् । सुरुमा विदेशीहरुको आकर्षण रहेको र्याफ्टिङका ग्राहकहरु पछिल्ला ५ वर्षयता ७५ प्रतिशत भन्दा बढि नेपालीहरु रहेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भयो ।
OLYMPUS DIGITAL CAMERAविदेशबाट जलयात्राका लागी सामानहरु ल्याउँदा ५ वर्ष भन्सार छुट दिनुपर्ने, जलविद्युतलाई असर नगर्ने गरी केही नदिहरु र्याफटिङको लागी छुट्याउनुपर्ने, नदि नीति तत्काल कार्यान्वयनको लागी सरकारलाई ध्यानाकर्षण गराइएको नाराले बताएको छ ।