एकै साथ अन्तरक्रिया र सास्कृतिक कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, असार २५, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । नेपाल प्रहरीले धादिङवेशीमा मानव वेचविखत तथा ओसारपशार विरुद्ध जनचेतनामुलक अन्तरक्रिया तथा सास्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
प्रहरी प्रधान कार्यलय अपराध अनसन्धान शाखा अन्तरगत महिला तथा बालबालिका सेवा निर्देशनालय र युनिसेफ नेपालको संयुक्त आयोजनामा सास्कृतिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बालबालिका बेचविखन विरुद्धको सन्देश झल्काउने नृत्य, जातिय छुवाछुत, घरेलु हिंसा, बालविवाह र बहुविवाह विरुद्धको सचेतनामुलक बृत्तचित्र प्रदशर्नी गरिएको थियो ।
वैशाख १२ गतेको विनाशकारी भुकम्पबाट प्रभावित जिल्लाहरुमा अवैध रुपमा मानव ओसार पसार बढेको नागरिकलाइ सचेत बनाउने उद्धश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी धादिङका डिएस्पी प्रकाश मल्लले जानकारी दिनु भयो ।
OLYMPUS DIGITAL CAMERAधादिङबेसी स्थित कवर्डहलमा आयोजित जनचेतना मुलक सास्कृतिक कार्यक्रममा जिल्लाका नीजि तथा सरकारी स्कुलका विद्यार्थी धादिङबेसी आसपास अस्थायी रुपमा बसोवास गर्दै आएका भुकम्प पिडित महिला तथा बालवालिकाहरुको उलेख्य सहभागिता रहेको थियो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले भुकम्प पछि हुनसक्ने विभिन्न अपराधहरुलाइ कम गराउन सांस्कृतिक कार्यक्रमहरुको साथमा जनचेतनामुलक कार्यक्रम गर्दे आएको छ । यसअघि पनि प्रहरी प्रधान कार्यलय र जिल्ला विकास समितिको सहयोगमा धादिङको तिनवटै निर्वाचन क्षेत्रमा जनचेतना मुलक सांस्कृतिक कार्यक्रमको गरि अपराध नियन्त्रणका लागि सचेतना प्रवाह गरेको थियो ।