ट्राफिक प्रहरी औषधिसहित सडकमा खटिने

Avatar photo
Dhadingpost
शुक्रबार, असार २५, २०७२

काठमाडौ, २४ असार । सडक दुर्घटनामा प्राथमिक उपचार दिन ट्राफिक प्रहरी औषधिसहित खटिने भएका छन् । ट्राफिक प्रहरीसंग अब सवारी व्यवस्थापनको ज्ञानमात्र नभई प्राथमिक उपचारको समेत सामान्य जानकारी लिएर खटिने भएका छन् ।

अल्का अस्पतालका चिकित्सक डा. शिवचन्द्र अमात्य र डा. धर्मागत भट्टराईले काठमाडौं, भक्तपुर र ललितपुरमा १ हजार १ सय ८५ जना ट्राफिक प्रहरीलाई प्राथमिक उपचारसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कम्मरमा सानो झोलामा प्राथमिक उपचार सामाग्री बोकेर ड्युटीमा खटिने ट्राफिक प्रहरीले सवारी दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल थप जोखिम हुन नदिन प्राथमिक उपचार गरेरमात्र नजिकैको अस्पताल पुर्‍याउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।