मार्कस स्टोइनिसद्धारा एक ओभरमा ६ छक्का प्रहार गर्दै ३७ रन

Avatar photo
Dhadingpost
बिहिबार, असार २४, २०७२

1507090308MarcusStoinis2.ashx
काठमाडौँ,अस्ट्रेलियाका एक ब्याट्सम्यानले एक ओभरमा ६ छक्का प्रहार गरेका छन्।

अस्ट्रेलियाको ब्रिस्बेनमा बुधबार भएको स्थानीय लिगको खेलमा मार्कस स्टोइनिस नामका ब्याट्सम्यानले एक ओभर अर्थात ६ बलमा ६ छक्का प्रहार गर्दै ३७ रन जोडेका हुन्। नेशनल परफर्मेन्स स्क्वायडको तर्फबाट ब्याटिङ गरेका स्टोइनिसले ५० ओभरको खेलको ३६ औं ओभरको सबै बलमा छक्का प्रहार गरेका हुन्। नेशनल इन्डेजिनेश स्क्वायडका ब्रेन्डन स्मिथले प्रहार गरेको बलमा स्टोइनिसले ६ छक्का प्रहार गरेका हुन्।

इन्डेजिनिसका स्मिथले पहिलो बल वाइड फालेका थिए। स्मिथले प्रहार गरेका ३६ औं ओभरका सबै बलमा छक्का प्रहार गर्दै एक ओभरमै ३७ रन जोड्न स्टोइनिस सफल भएका हुन्। उनले खेलमा ७३ बलमा १ सय २१ रन बनाएका थिए। खेल नेशनल परफर्मेन्स स्क्वायडले ४२ रनले जितेको थियो।

नेशनल परफर्मेन्स स्क्वायडले प्रस्तुत गरेको २ सय ९७ रनको लक्ष्य पछ्याएको नेशनल इन्डेजिनेश स्क्वायड ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५४ रनमा समेटियो ।यसअघि पहिले ब्याटिङ गरेको नेशनल परफर्मेन्स स्क्वायडले ९ विकेटको क्षतिमा २ सय ९६ रन बनाएको थियो।

एक ओभरमा ६ छक्का प्रहार गर्ने विश्वकै पहिलो खेलाडी वेष्टइन्डिजका सर ग्यारी सोबर्स हुन्। उनले सन् १९६८ मा एक ओभरमा ६ छक्का प्रहार गरेका थिए। प्रथम श्रेणीको क्रिकेट खेलमा अहिलेसम्म चार पटक मात्रै एक ओभरमा ६ छक्का प्रहार भएको छ।