विपद्को रिपोटिङ गर्न पत्रकारलाई तालिम

Avatar photo
Dhadingpost
आइतवार, असार १३, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । विपद्को समयमा रिपोटिङ गर्न सजिलो होस् भन्ने उद्देश्यले धादिङका पत्रकारहरुलाई संचालन गरिएको विपद् व्यवस्थापन सम्बन्धी तालिम जारी रहेको छ ।
नेपाल पत्रकार महासंघ धादिङको आयोजना र जिल्ला विकास समिति धादिङको सहयोगमा तालिम संचालन गरिएको हो ।
तालिममा धादिङका विभिन्न संञ्चारमाध्यममा कार्यरत ३० जना भन्दा बढीको सहभागीता रहेको छ । नेपाल टेलिभिजनका समाचार प्रमुख राजेन्द्रदेव आचार्यले तालिममा सहजीकरण गर्नुभएको छ ।
विपदका बेला समाचार कसरी संकलन गर्ने ? जोखिमका बेला कस्ता कस्ता तरिकाहरु अपनाउने र विपद् समाधान गर्न पहल गर्ने लगायतका विषयमा सहभागीहरुलाई तालिम दिइएको बताइएको छ ।