एसएलसी पास भएकालाई अनेरास्ववियूद्वारा सम्मान

Avatar photo
Dhadingpost
आइतवार, असार १३, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । अनेरास्ववियू धादिङले एसएलसी पास भएका विद्यार्थीलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यताका भएको कार्यक्रमा एसएलसी पास भएका विद्यार्थीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै नेता रबिन्द्र अधिकारीले मुलुको शैक्षिक आन्दोलन अनेरास्ववियूले हाँकेको हुँदा जनमुखि, व्यावहारिक र सबैको पहुच पुग्ने शिक्षाप्रणालीका निम्ति आन्दोलन केन्द्रित गर्नु पर्ने बताउनु भएको थियो उहाले अहिले एसएलसी पास भएर बसेका विद्यार्थीहरु कोहि कतै उच्चमावि पढ्न बन्चित हुन नपरोस भन्ने अनेरास्ववियूले सोचेको र अनेरा स्ववियूलाई पर्ने हरेक कठिनाईमा साथ दिई गाईडलाइन प्रदान गरि रहेको बताउनु भएको थियो ।
अनेरा स्ववियू धादिङका अध्यक्ष सन्तोष राना क्षेत्रिको सभापतित्वमा सम्पन्न कार्यक्रममा समुदायीक विद्यालय तर्फबाट जिल्ला प्रथम हुने बागेश्वरी माविका विजय रेग्मी, दितीय हुने नीलकण्ठ उमाविका दिपेश श्रेष्ठ र समग्र जिल्ला प्रथम हुने धादिङ आवासीय उमाविका छात्रा जुनु श्रेष्ठ लगायतलाइ सम्मान गरिएको थियो ।