क्षतविक्षत वनेको ठुलो धादिङ पुननिर्माणको क्रममा

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ३२, २०७२

राजन अधिकारी-सिन्धुपाल्चोक
विनाशकारी भुकम्पले गर्दा क्षतविक्षत वनेको सिन्धुपाल्चोकको ठुलो धादिङ अहिले पुननिर्माणको क्रममा छ । बैसाख १२ गते गएको भुकम्पले धेरै क्षति नपु¥याएको यो ठुलो धादिङ २९ गतेको अर्काे ठुलो पराकम्पनले छिया छिया बनाएको हो । अधिकाँश तामाङ बसोवास रहेको यस गाउँमा ९५ प्रतिशत तामाङ छन् भने, ४ प्रतिशत दलित र १ प्रतिशत अन्य रहेको यस गाउँ विकास समितीमा ६०१ घर धुरी रहेको छ । यहाँका घरहरु कुनै सद्दे छैनन् । केही समय अधि सम्म वास वस्ने समस्याले पिरोलेको यहाँका जनता विस्तारै आफ्नो गाउँ आफैं बनाउँ भनेझैं पुननिर्माणमा जुटेका छन् । व्रिज टु टिवेट एसोसियसन जर्मनी मार्फत सहयोग पाएका राहत समाग्रीलाई सदुपयोग गर्दै यहाँका स्थानिय आफ्नो गाउँ बनाउन जुटेका छन् । टेन्ट मा अस्थाई बसोवास गर्दै आएका स्थानिय ब्यक्ति गत समस्यामा भन्दा समुहिक समस्यामा केन्द्रित रहेर निर्माणमा लागि गरेका छन् । गाउँमा रहेको श्री धर्माेदय उमाविको भवन भुकम्पले क्षतविक्षत बनाउदा यहाँका विद्यार्थी ठुलो मारमा परेका थिए । गर्मि सँगै वर्षा सुरु हुन थाले पछि पठन पाठनमा समस्या आएको विद्यालयका प्रधानाध्यापक शान्तिराम पौडेलले बताए । उनले भने “हामी सँग भएको १२ कोठाको भवन पुर्ण रुपमा क्षति भएको छ, कुनै कोठा बस्न मिल्ने खालका छैनन् त्रिपाल मुनि विद्यार्थी राखेर अध्यापन सुरु गर्नु परेको छ, यसले गर्दा पठनपाठनमा थप चुनौति थपिएको छ,।”
3

विद्यलय क्षतविक्षत बने पछि वालवालिकाको मन पनि भाँडीएको छ । आफु पढिरहेको विद्यालय भग्नावशेसमा परिणत भए पछि उनिहरुमा चिन्ता छाएको छ । “१७ गते देखि विद्यालय सुरु भयो हामी पढ्न कहाँ जाने चिन्तामा थियौं, अहिले त्रिपाल मुनि निकै गाह्यो सँग वस्नु परेको छ, स्कुल हेर्दा केही छैन, रुन मान लाग्छ, बल्ल अलि आशा पलाएको छ,अब नयाँ टहरा बन्ने भयो अलि सहज हुने आशा छ, ।” आशु सँगै खुसि बाड्दै थिईन् कक्षा १० मा पढ्ने विमला लामा ।
त्यस्तै यस गाविस भित्रका कुनै विद्यालय सद्दे भने रहन सकेन । करिव ३०० विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयको भवन मात्र भत्किएन भवन भएको जमिन पनि चिरा चिरा पर्दा यहाँका स्थानिय अभिभावक र विद्यार्थी त्रासमा बाँचि रहेका छन् । सरकारी निकाय सँग पटक–पटक गुनासो गर्दा कही नगरेको र अहिले सम्म अध्ययनको टोली गाउँ नआएको बताउँछन् विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुर्य बहादुर तामाङ । “विद्यालय रहेको जमिन चिरा–चिरा परेको छ, वालवच्चा कहाँ राखेर पढाउने के गर्ने अन्योल भए पछि जिल्ला शिक्षा कार्यलय चौतारामा भन्दा अध्ययनको लागि टोली पठाउने आश्वासन मात्र दिए,त्यस पछि हामी गाउँले मिलेर अस्थाई भवन बनाएर पठन पाठन संचालन गर्ने तयारी गरिरहेका छौं ।” भवन निर्माणको लागी उपयुक्त जग्गा नभए पछि विद्यालय कहाँ बनाउने चिन्तामा थिए ।
2

आचार्य साङतेन लामाको पहलमा स्थानिय मणि लामा, विरलाल लामा र दिलिप कुमार लामाको गरी करिव १५ रोपनी जग्गा उपलब्ध भए पछि अस्थाई विद्यालयको टहरा निर्माण गरी पठन पाठनलाई सहज बनाउन यहाँका स्थानियले कोशिस गरि रहेका छन । क्ब्क्ष् ज्भ्ीए ल्भ्एब्ी ष्लष्तष्बतष्खभ या क्यगतज ब्कष्ब क्ष्लकतष्तगतभ या ज्भष्मभदिभचन ग्लष्खभचकष्तथ ष्ल न्भचmबलथ बलम द्यचष्मनभ तय त्ष्दभत ब्ककयअष्बतष्यल नामक संस्थाले विद्यालय भवन निर्माणको लागी १७ बन्डल जस्ता लगायत वालवालिकालाई कापिकलम साथै शौक्षिक समाग्री उपलब्ध गराएको द्यचष्मनभ तय त्ष्दभत ब्ककयअष्बतष्यल का नेपाल प्रतिनिधी सोनाम लामाले बताउनु भयो । उहाँले भन्नु भयो “देश विदेशमा रहनु हुने सवै मिली शोक लाई शक्तिमा बदलेर विनाशलाई अबसरमा वदल्नु आजको आवश्यकता हो, आशा छ, यस अवसरको भरपुर प्रर्याेग गरि हाम्रो देश छिट्टै माथि उठ्ने छ । ”

1

विनाशले थलिएको भुकम्पले च्यातिएको ठुलो धादिङलाई सिलाउने कोसिस गर्दै हुनु हुन्छ अर्का तामाङ समुदायका सान्देन लामा । स्थानिय समुदायको लागी मात्र नभएर विभिन्न जिल्लामा राहत तथा उद्धारको टोली लिएर अहोरात्र खटि सेवा तल्लिन सान्देन लामा आफुले कखरा पढेको विद्यालयको पुननिर्माणमा जुटेका छन् । विभिन्न संघसंस्थामा आवद्ध उहाँले ठुलो धादिङको लागी अस्थाई वसोवासको व्यवस्था मिलाई राख्नु भएको स्थानिय वुद्धिजिवि कुल वहादुर लामाले जानकारी दिए ।
विपक्तिको वेला आफुले कखरा सिकेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताउनु हुन्छ साङतेन लामा । “पहिले यहि गाउँमा जन्मे हुर्केको र यहि विद्यालयमा पढें , यहि गाउँका गाउँलेलाई दुःख पर्दा सहयोग गरेको छु खुःसी छु । ” अब एक हप्ता भित्र अस्थाई टहरा निर्माण गरि सक्ने र सहज रुपमा आफ्ना वालवालिकाले सहज वातावरण पढ्न पाउने आशा स्थानिय बसेका छन । साथै यि संघ संस्थाले गाविसका थप अस्थाई टहरा निर्माण गर्ने प्रतिवद्धता गरेका छन । ठुलो धादिङको वडा नं. १ का ४२ घर धुरीलाई प्रति परिवार ५ पाता का दररले जस्ता वितरण गरिएको साङतेन लामाले जानकारी दिनु भयो ।