उप सभामुखद्वारा धादिङबेसीमा सेमी कभर्डहल उद्घाटन

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २७, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङबेसी जेष्ठ २७ । संविधानसभाका उपसभामुख ओनसरी घर्तिमगरले राजनीतिक दलहरु विच भएको सहमतिले संविधान बनाउने बाटो फुकेको बताउनुभएको छ । जिल्ला खेलकुद विकास समिति धादिङले निर्माण गरेको कभर्डहलको उद्घाटन गर्न धादिङवेसी आइपुग्नुभएका उहाँले यसो बताउनुभएको हो ।
भूकम्पले सबै पार्टीका नेताहरु राष्ट्रिय सहमतिको नजिक पुगेको बताउनुहुँदै उहाँले अब छिट्टै नै संविधान निर्माण हुनेमा विश्वास गर्नुभयो ।
नेपाल सरकार र राजनीतिक दलहरुले गरेको भूकम्प प्रतिरोधका कार्यक्रममा सबैले हातमा हात मिलाएर जार्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाललाई नयाँ संविधान दिन राजनीतिक दलहरुले गरेको प्रयासप्रति उहाँले खुलेर प्रसंसा गर्नुभएको थियो ।
कभर्डहलको उद्घाटन गर्नुहुन्दै उहाँले पछिल्लो केही वर्षमा नेपालले खेलकुदको विकासमा फड्को मार्न सकेको भन्दै खेलकुदमा एकताबद्ध भएर लाग्न सबैलाई आग्रह गर्नुभयो ।
जिल्लामा एउटा पनि कभर्डहल नभएको बेला मिनी कभर्डहलको उद्घटन गर्नु सौभाग्यको कुरा भएको भन्दै जिल्लाले खेलकुद क्षेत्रमा एक फड्को भए पनि सफलता हासिल गर्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले बताउनुभयो ।
कभर्डहल उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, एकीकृत माओवादीका केन्द्रिय सदस्य पुष्पविक्रम मल्ल, नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमाले धादिङका कार्यबाहक अध्यक्ष भुमी त्रिपाठी लगायत विभिन्न राजनीतिक दलका नेता तथा खेलकुदप्रेमीहरुको उपस्थिति रहेको थियो. । एकबर्ष उपसभामुख घर्र्तीले शिलान्यास गर्नुभएको उक्त कवर्डहल ३७ लाख, १९ हजारमा निर्माण सम्पन्न भएको थियो ।
OLYMPUS DIGITAL CAMERA