शिबनारायण गिरी सल्यानटार, जेष्ठ २२ ।
भुकम्पबाट श्रीमान गुमाएकि सल्यानटारकी एक महिलालाई आर्थिक सहयोग प्राप्त भएको छ ।
धादिङ सल्यानटार सेवा समाज दोहा कतारद्वारा आज एक कार्यक्रमको बिच १० हजार रुपैयाँ प्रदान गरिएको हो ।
महाबिनासकारि भुकम्पले ज्यान गुमाउनु भएका सल्यानटनर गाबिस वडा नँ ७ का दत्तिराम परियारको श्रीमति इन्द्रकुमारी लगायत स्वर्गीय दत्तिरामको छोराछोरीको दैनिक जिबनयापनको लागि आर्थिक सहयोग स्वरूप धादिङ सल्यानटार सेवा समाजका सल्लाकार हरिभक्त उप्रतिले नगद हस्तान्तरण गर्नु भएको थियो ।