भुकम्पीय सुरक्षा सम्बन्धी तीन दिने अभिमुखीकरण तालिम सकियो

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १३, २०७२

1aaधादिङ जेष्ठ १३ । भुकम्प तथा भुकम्पीय सुरक्षा सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ ।
भुकम्प र त्यसपछिको पराकम्पनबाट आजित बनेका शिक्षक र अभिभावकहरुलाई भुकम्पको जोखिम न्युनीकरण र सकारात्मक सोच सम्बन्धीे अभिमूखीकरण कार्यक्रम आज सम्पन्न गरिएको हो । न्यू किबो बोर्डिङ स्कुलद्धारा आयोजित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी, गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
संञ्चालक समितिका अध्यक्ष रामकृष्ण अधिकारी को अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा जिल्ला विकाश समितिका ईन्जिनियरद्धय सुमन रगरी र कृष्णलाल श्रेष्ठले भुकम्प, जमिनको बनावट, भवनको बनावट, आदिको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा विद्यालयले भुकम्प विशेष कक्षाहरुको निर्माण गदै ट्रमा म्यानेजमेन्ट प्याकेज एक हप्ता नामक एक हप्ताका लागि विशेष पाठ्यक्रम सार्वजानकि गरिएको छ ।
मनोपरामर्श कार्यक्रममा विद्यालयका शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको विद्यालयका शिक्षक सुरेश अर्यालले जानकारी दिनुभयो । मनोपरामर्श कार्यक्रममा नर्सरीदेखी कक्षा १० सम्मका विद्यार्थीका अभिभावकहरुलाई दैनिक रुपमा छूट्टाछुट्टै तीन सत्रमा सहभागि गराईएको थियो ।