प्रेस युनियन धादिङले मनायो स्थापना दिवस

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १३, २०७२

धादिङ जेष्ठ १३ । नेपाल प्रेस युनियन धादिङले आफ्नो २४औं स्थापना दिवस मनाएको छ । नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीको अध्यक्षतामा विभिन्न संघ संगठनहरुको आतिथ्यतामा प्रेस यूनियनले आफ्नो स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसमा नेपाल प्रेस युनियनका पदाधिकारीहरु, केन्द्रिय प्रतिनिधिहरु संस्थापक सदस्यहरु सहित, क्रान्तिकारी पत्रकार संघका प्रतिनिधिहरु, प्रेस चौतारी धादिङका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो ।