धादिङको चैनपूर र आगिञ्चोकमा समेत कुहिएको चामल वितरण
धादिङ जेष्ठ १३ । रेडक्रसमार्फत विश्व खाद्य कार्यक्रमले धादिङको चैनपुर र आगिञ्चोकमा कुहिएको चामल बाडेको गुनासो सेलाउन नपाउँदै काभ्रेका बालबालिकामा यहि संस्थाले बाडेको चामल खाँदा पखाला चलेको छ ।
राहतको नाममा बाँडेको चामलले भूकम्पपीडितलाई पखाला चलेपछि राष्ट्रिय मानव अधिकार आयोगले वितरणकर्ता विश्व खाद्य्य कार्यक्रम र नेपाल रेडक्रसलाई कानूनी कारबाहीको गर्न सरकारलाई निर्देशन दिएको छ ।
भूकम्पबाट आहत जनतालाई राहतको नाममा अखाद्य चामल बाँडेको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । काभ्रेमा बाँडेको चामलले पखाला चलेपछि आयोगले उक्त संस्थाहरुले बाँड्न तयार बनाएको थप चामलको निरिक्षण गरेको थियो ।
निरिक्षणको क्रममा बाँड्न तयार बनाइएको चामल खानै नहुने फेला परेको आयोगले जनाएको छ ।