१२ कक्षामा पढ्दै गरेकि छात्राले गरिन् आत्महत्या

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १२, २०७२

/>धर्मेन्द्र श्रेष्ठ,
धादिङबेसी जेष्ठ १२ । नीलकण्ठ नगरपालिका वडा नं. ८ रामकोटमा एक यूवतीले झुण्डिएर आत्महत्या गरेकी छिन् । नीलकण्ठ उच्च माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत १८ वर्षिय सर्मिला श्रेष्ठले गाउँ नजिकैको उखुबारी भीरमा रहेको चिलाउनेको रुखमा झुण्डिएर आत्महत्या गरेको स्थानीयहरुले बताएका छन् ।
घाँस काट्न बुबा, ठूलीआमा र बहिनीसंगै गएकी सर्मिलाले बाबु, ठूलीआमा र बहिनीको आँखा छली रुखमा झुण्डिएको स्थानीयहरुको भनाई छ । छोरीले आत्महत्या गरेपछि सर्मिलाकी आमा र बुबा दुवैजना अचेत अवस्थामा छन् । सर्मिलाको मानसिक सन्तुलन ठीक नभएको पारिवारीक स्रोतले धादिङ पोष्ट डटकमलाई जानकारी दिएको छ । शवको पोष्टमार्टमका लागि जिल्ला प्रहरी कार्यालयको एक टोलीले जिल्ला अस्पताल ल्याउँदै गरेको बताइएको छ ।