उपत्यकाका ५ सय भूकम्पपीडित सञ्चारकर्मीहरुलाई राहत

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १२, २०७२

fnj_20150525090338काठमाडौं,११ – उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५ सय जना भूकम्पपीडित सञ्चारकर्मीहरुलाई राहतका सामाग्री वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, लायन्स क्लव अफ काठमाडौंले उपलब्ध गराएको राहत सामाग्री नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले संयोजन गर्दै वितरण गरेको हो । शाखामा पीडितहरुको नाम संकलन गर्ने कार्य अझै जारी रहेको र पीडितहरुलाई राहातका सामाग्री उपलब्ध गराइने अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले जानकारी दिए ।
चौलागाईंका अनुसार त्रिपाल, मण्डि, चामल, चिउरा, चाउचाउलगायतका सामाग्री पीडित पत्रकारलाई बाँडिएको हो । साभार कान्तिपूर