परिलक्षितले धादिङका अपाङ्गता भएका व्यक्तिलाई दियो राहात

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ११, २०७२

धादिङबेसी जेष्ठ ११ । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको परिलक्ष्यित संस्थाले धादिङमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहात वितरण गरेको छ ।
आज धादिङबेसी सदरमुकाम स्थित दिपटोलमा धादिङबेसीको ४३ जना भुकम्प पिडित ,बहिरा, दृष्टिविहिन, सुस्त बौद्धिक तथा शारीरिक अपाङगता भएका व्यक्तिहरुलाई परिलक्ष्यितले राहत वितरण गरेको हो ।
धादिङमा बहिरा, दृष्टिविहिन, सुस्त, बौद्धिक तथा शारीरिक अपाङगता भएका व्यक्तिहरु लक्षित गरि कार्यक्रम गर्दै आएको परिलक्षित संस्थाले आज एक बोरा चामल, लत्ताकपडा राख्ने बाकस, औषधी, तेल, दाल, झुल लगायतको करीव ७ हजार बराबरको प्रति व्यक्ति २२ प्रकारका सामाग्री वितरण गरेको थियो ।
बोल्न, हिड्न र देख्न नसक्नेहरुको दैनिकी सहज बनाउनको लागी आफुहरुले राहत वितरण गरेको परिलक्षित संस्थाका निर्देशक टेकराज पोख्रेलले बताउनु भयोे ।
1
2
3