चिरा चिरा परेको घरलाई प्राविधिक टोलीले सामान्य भन्यो

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ११, २०७२

प्राविधिक टोलिका कारण रोकियो जस्ता किन्न दिईयोको १५ हजार
धादिङ जेष्ठ ११ । धादिङमा भुकम्पले चर्काएका अधिकाम्स घरहरुलाई सरकारले अनुगमनका लागि पठाएको प्रविधिक टोलिले सामान्यमा वर्गिकरण गरेको पाईएको छ । प्रविधिक टोलिको रिपोर्ट नआएर जिल्ला प्रसासनले क्षेतिको आधारमा जस्ता किन्न दिईने १५ हजार वितरण गर्न सकेको छैन भने प्राविधिकहरुले सरकारलले जेष्ठ २५ गते सम्म आफुहरुलाई समय दिएकोले रिपोर्ट २५ गते भित्र बुझए हुने बताएका छन् । सरकारलले जस्ता किन्ने पैसा जिल्ला पठायो तर प्रविधिक टोलीका कारण पिडितहरुले राहात पाउन नसकेको देखिन्छ । मैदीमा गएको प्रविधिक टोलीले चौतारामा बसेर तथ्याङक सङ्कलन गरेको छ ।
हामीले कुम्पुर गाविसमा फिसफिसेटारमा प्राविधिक टोलीले सामान्य भनेको घर अवस्था हेर्दा कामको सहि मुल्याङ्क भन्न नसकिने प्रष्ट देखिन्छ । घर चिरा चिरा परेको छ धान, मकै अझै झिक्न सकिएको छैन । यो घर कसरी सामान्य क्षेतिमा प¥यो फोटो जस्ताको तस्तै
123