धादिङ, ११ जेठ । पूर्वप्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले भुकम्पले क्षेत विक्षेत बनाएका जिल्लाका सबै कच्चीघरहरु पूण क्षेतिमा राखिनु पर्ने बताउनु भएको छ । आफुले सुशिल कोईरालाई समेत फोन गरेर बताएको र प्रधान मन्त्रीले पनि तत्कालै जिल्ला प्रशासनमा फ्याक्स गरि कच्ची चर्किएका घरहरुलाई पूर्ण क्षेतिमा राख्न निर्देशन दिईने बाताउनु भएको छ त्यसैले भत्काउनु पर्ने सबै घर पूर्ण क्षेतिमा राखिने बताउनु भएको छ । आइतबार धादिङका कार्यालय प्रमुखहरु सँगको अन्तरक्रियामा बोल्दै भट्राईले यस्तो बताउनु भएको हो ।
भट्टराई अहिले सम्म पनि सरकारले दिने भनेको १५ हजार समेत पिडितहरुले नपाएको बताउँदै तत्काल जस्ता खरिदका लागि दिईने १५ हजार वितरण गर्न जिल्ला दैविक प्रकोप उद्दार समितिलाई निर्देशन दिनु भएको थियो ।
दिनभर धादिङको कुम्पूर गाविसस्थित फिसफिसेटारमा भूकम्पले जिर्ण बनाएको घर भत्काएर तत्कालको लागि बस्ने कटेज बनाउन सरिक भट्टराई साँझ धादिङबेसी स्थित जिल्ला प्रशासनमा कार्यलय प्रमुखहरुलाई यो विपत्तिको बेला जनताको काममा बफदारभएर लाग्न आग्रह गर्नु भएको थियो ।