धादिङ जेष्ठ ९ । पूर्व प्रधानमन्त्री एवम् एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई आज भुकम्प पिडितहरुको आवास निर्माणको लागि कुम्पुर आउन लाग्नु भएको छ ।
भुकम्पले क्षतविक्षत बनाएको कुम्पुर भञ्ज्याङ्मा आज १० बजे आईपुग्नेर त्याहाको अभियान टिमसँग मिले र भटराईले दिनभर पुननिर्माणको काममा सघाउने बताईएको छ ।
हिजो दिनभर भट्टराईले गृहजिल्ला गोरखाको एउटा विद्यालयमा अस्थायी टहरो निर्माणका लागि दिनभर ढुंगा बोक्नु भएको छ । भूकम्पपछि क्षति पुगेका जिल्लाका विभिन्न विद्यालयमा अस्थायी टहरा बनाउनका लागि पार्टीले सुरु गरेको अभियानका क्रममा भट्टराईले सक्रिय सहभागिता जनाउनु भएको हो । गोरखा नगरपालीका–४ अमराई गाउँको शिवशक्ति प्राथमिक विद्यालयको खण्डहरबाट काम लाग्ने सामान सुरक्षित ठाउँमा ल्याउने देखि छरपष्ट ढुंगा तह लगाउन भट्टराई आफैं खटिनुभएको हो । शुक्रबार बिहान ११ बजे विद्यालय पुग्नु भएका भट्टराईले अभियानको उद्घाटन लगत्तै चर्को घाममा झण्डै तीन घण्टा लगातार श्रमदान गर्नुभएको हो । खल्खली पसिना आउञ्जेल पनि ढुंगा ओसार्ने देखि सामान तह लगाउने काममा खटिएका भट्टराईलाई सुरक्षाकर्मीले छिनछिनमा आराम गर्न आग्रह गरिरहेको देखिन्थ्यो । एकीकृत माओवादीले भूकम्प अति प्रभावित गोरखामा भट्टराईलाई पुननिर्माणका लागि कार्यकर्ता परिचालनको नेतृत्व गर्ने गरी खटाएको हो । सिन्धुपाल्चोकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र दोलखामा नेता नारायणकाजी श्रेष्ठ प्रकाश खटिनुभएको छ ।