धादिङबेसी जेष्ठ ९ । जिल्ला दैविक प्रकोप उद्दार समितिको वैठकले भुकम्पमा परि ज्यान गुमाएका सवै व्यक्तिका परिवारलाई सरकारको निर्णय अनुसार तत्काल राहत वितरण गर्ने निर्णय गरेको छ ।
जिल्लाका ५ ठाउँमा केन्द बनाई प्रत्येक मृतक बरावर ४० हजारका दरले परिवारलाई हस्तान्तरण गरिने बताईएको छ । यसरी वितरणहुने केन्द्रहरुमा दार्खाबाट १ करोड २१ लाख २० हजार रुपैया ३०३ जनालाईे सल्यानटारबाट १ सय २६ जनालाई ४० हजारका दरले वितरण हुने समितिका सदस्य एवम् एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले बताउनु भयो ।
त्यसै गरी धादिङबेसीमा ३२ लाख ४० हजार ८१ जनालाई बाडिने भएको छ भने नौबिसेमा ५६ लाख १४० जनालाई र गजुरीमा ४२ जनालाई ३२ लाख राहत स्वरुप वितरण गर्न लागिएको हो ।
आजको बैठकमा भुकम्पका कारण जोखिममा परेको स्थानहरुको विज्ञहरुल्याई बस्न लायक नभएका ठाउहरुको पहिचान गर्ने समेत छलफल भएको सदस्य भण्डारीले धादिङपेष्टलाई बताउनु भयो ।