स्वास्थ्य चौकी निर्माणको लागि निशुल्क जग्गा प्रदान

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ ७, २०७२

heltधादिङबेसी जेष्ठ ७ । धादिङबेसी नीलकण्ठ नगरपालिकामा वडा नं. ९ मा रहेको मुरलीभन्ज्याङ स्वास्थ चौकी निर्माणको लागि दूई लाख २० हजार बराबरको जग्गा प्राप्त भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं. ९ निवासी दयानाथ शर्मा दुवाडी र हरिबहादुर दुवाडीले सो बराबरको जग्गा उपलब्ध गराउनुभएको हो । बन क्षेत्रभित्र निर्माणको क्रममा रहेको स्वास्थ्यचौकीको नयाँ भवन र्निाणको क्रममा रहेको छ ।
स्वास्थ्यचौकी निर्माणको लागि दयानाथ शर्मा दुवाडीले १ रोपनी २ आना र हरिबहादुर दुवाडीले १ रोपनी ६ आा जग्गा उपलब्ध गराउनुभएको स्वास्थ्य चौकी प्रमुख कृष्ण पौडेलले बताउनुभयो । यसै आर्थिक वर्ष मात्र मूरलीभञ्ज्याङ, वेनिघाट र सेर्तुङ स्वास्थ्यचाकीको नयाँ भवन निर्माणको क्रममा रहेको छ । स्वास्थ्यचौकी निर्माणको लागि कम्तीमा ४ रोपनी जग्गा आबश्यक पर्ने बताइएको छ ।