धादिङ जेठ ६ । एकीकृत नेकपा माओवादीले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई अभियानका रुपमा भूकम्प प्रभावित जिल्लाहरुमा पठाउन नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन गरेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जिल्लाका नेता कार्यकर्ताहरुलाई विभिन्न प्रभावित जिल्लाहरुमा खटाउने भएको छ ।
धादिङ्ग – क. टोपबहादुर रायमाझी ‘अनिल’, क. कमला रोका, क. तेजबहादुर ओली ‘प्रतिक’ ।
(अभियानमा सहभागी हुने जिल्लाहरु– रुकुम, सल्यान, पूर्व पी.एल.ए., वाई.सी.एल., अखिल नेपाल टे«ड युनियन महासंघ) ।
गोरखा – क. बाबुराम भट्टराई, क. जनार्दन शर्मा ‘प्रभाकर’, क. हितराज पाण्डे ‘उत्तम’, क. हरिराज अधिकारी ‘कुमार’, क. वामदेव क्षेत्री । (अभियानमा सहभागी हुने जिल्लाहरु– दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, पूर्व पी.एल.ए., वाई.सी.एल.,अखिल (क्रान्तिकारी र अखिल नेपाल ट्रेड युनियन महासंघ) ।
दोलखा– क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, क. उर्मिला अर्याल, क. गणेशमान पुन ‘रश्मी,। (अभियानमा सहभागी हुने जिल्लाहरु– बारा, पर्सा, रौतहट, पूर्व पी.एल.ए., वाई.सी.एल., अखिल(क्रान्तिकारी) र अखिल नेपाल ट्रेड युनियन महासंघ) ।
काठमाडौं – क. कृष्णबहादुर महरा, क. नन्दकिशोर पुन ‘पासाङ्ग’, क. देवेन्द्र पौडेल, क. हिसिला यमी, क. झक्कुप्रसाद सुवेदी ‘अधिकार’ । (अभियानमा सहभागी हुने जिल्लाहरु– काठमाडौं, पूर्व पी.एल.ए., वाई.सी.एल., अखिल (क्रान्तिकारी) र अखिल नेपाल ट्रेड युनियन महासंघ ।
नुवाकोट – क. गिरिराजमणि पोख्रेल, क. चक्रपाणि खनाल ‘बलदेव’, क. डिलाराम आचार्य । (अभियानमा सहभागी हुने जिल्लाहरु– नवलपरासी, रुपन्देही, कपिलबस्तु, पूर्व पी.एल.ए., वाई.सी.एल., अखिल (क्रान्तिकारी) र अखिल नेपाल ट्रेड युनियन महासंघ) ।
सिन्धुली– क. हरिबोल गजुरेल ‘शीतलकुमार’, क. गंगानारायण श्रेष्ठ ‘प्रभात’ । (अभियानमा सहभागी हुने जिल्लाहरु– सिरहा, महाेत्तरी, पूर्व पी.एल.ए., वाई.सी.एल.) ।
रसुवा– क. नवराज सुवेदी, क. दलजीत श्रीपायली ‘प्रशान्त’ । (अभियानमा सहभागी हुने जिल्लाहरु– सेती–महाकालीका सबै जिल्ला, प्यूठान, पूर्व पी.एल.ए., वाई.सी.एल.) ।
ललितपुर – क. शक्तिबहादुर बस्नेत ‘सुरेशसिं’, क. महेन्द्रबहादुर शाही ‘प्रज्जवल’ । (अभियानमा सहभागी हुने जिल्लाहरु– ललितपुर, पूर्व पी.एल.ए., वाई.सी.एल., अखिल (क्रान्तिकारी) र अखिल नेपाल टे«ड युनियन महासंघ) ।
काभ्रे – क. लीलामणि पोख्रेल, क. विश्वनाथ शाह, क. शुकबहादुर रोका ‘शरद’ । (अभियानमा सहभागी हुने जिल्लाहरु – सर्लाही, पूर्व पी.एल.ए., वाई.सी.एल.) ।
रामेछाप– क. विश्वभक्त दुलाल ‘आहुती’, क. हरिबहादुर श्रेष्ठ ‘प्रमोद’ । (अभियानमा सहभागी हुने जिल्लाहरु – धनुषा, सप्तरी, पूर्व पी.एल.ए., वाई.सी.एल.) ।
भक्तपुर – क. रामचन्द्र झा, क. लेखराज भट्ट ‘राकेश’, क. धनबहादुर मास्की ‘राजेश’ । (अभियानमा सहभागी हुने जिल्लाहरु– भक्तपुर, पूर्व पी.एल.ए., वाई.सी.एल., अखिल (क्रान्तिकारी) र अखिल नेपाल ट्रेड युनियन महासंघ) ।
सोलु– क. सुरेश कुमार राई ‘हिमाल’, क. राजबहादुर बुढा ‘अविनाश’ । (अभियानमा सहभागी हुने जिल्लाहरु– किराँत राज्यका सबै जिल्लाहरु, पूर्व पी.एल.ए., वाई.सी.एल.) ।
ओखलढुंगा – क. टंक आङबुहाङ ‘प्रभाव’, क. पेशल खतिवडा, क. सन्देश पौडेल । (अभियानमा सहभागी हुने जिल्लाहरु– लिम्बुवान राज्यका सबै जिल्लाहरु, पूर्व पी.एल.ए., वाई.सी.एल.) ।
मकवानपुर – क. नारायण दाहाल, जीवन बुढा(अभियानमा सहभागी हुने जिल्लाहरु – चितवन) ।
तमुवान अन्तरगतका जिल्लाहरुलाई तमुवान राज्यमा नै परिचालन गर्ने ।
उक्त अभियानमा कम्तिमा १५÷१५ जनाको स्वयंसेवक टीम हुनेछ । खाद्यान्न, बास र आवत–जावतको व्यवस्थामा आत्मनिर्भर बन्ने नीति अबलम्वन गर्ने । व्यवस्थापनमा समस्या परेका टीमले अबिलम्व केन्द्रीय कार्यालयमा जानकारी गराउनु पर्ने बताईएको छ ।
हरेक टीममा प्राविधिक जनशक्तिका अतिरिक्त सावेल, खन्ती, गैटी, खुकुरी, खुर्पा लगायतका निर्माण सामाग्री स्वयम्ले लिएर जानुपर्ने बताईएको छ । अभियान टोलीसँगै सम्बन्धित राज्य र जिल्लाका केन्द्रीय सदस्यहरु रहने बताईएको छ ।