सरकारले पठायो धादिङमा उर्जा मन्त्रीलाई

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ५, २०७२

radha-gyawali-1धादिङ जेष्ठ ६ । भुकम्पले क्षेतिपुर्याएका जिल्लामा मनित्रहरुलाई नै पठाउने निर्णय अनुसार धादिङमा उर्जा मन्त्री राधा ज्ञवालीलाई पठाएको छ । नेकपा एमालेका नेता तथा उर्जा मन्त्री ज्ञवालीले क्षति र पीडालाई प्राथमिकतामा राखेर गर्न र आवास योजनालाई प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ ।
देशमा भइरहेको यो विपद् पार लगाउन सबै राजनीतिक दल एक ढिक्का बन्नुको विकल्प नरहेको बताउदै उहाँले अहिलेको बिपदले नेपालका राजनीतिक दलहरुलाई एक बनाएको बताउनुभयो ।
मन्त्री परिषद्को निर्णय अनुसार जिल्लामा भएको क्षति, राहत वितरण तथा उद्धार लगायतको अनुगमनका लागि मंगलबार धादिङ आउनुभएका मन्त्री ज्ञवालीले मानवीय संबेदनालाई हेरेर काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।