धादिङ कारागारमा आममाफिको माग गर्दै कैदी द्वारा आन्दोलन

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ५, २०७२

धादिङ । जिल्ला कारागारमा रहेका १ सय २८ जना कैदि बन्दीहरुले विपत्तिको बेलामा सबै मुलुकमा आममाफि दिने व्यवस्था भएकोले आफुले पनि त्यो सुविधा पाउनु पर्ने माग माग राखेका छन् ।
‘भारतमा पनि केहि समय अघि र नेपालमा पनि यस अघि विपत्तीको बेलामा माफि दिइएको थियो, यो अन्तर्राष्ट्रिय कानुनमै व्यवस्था भएको कुरो हो’ कारागार भित्रैबाट कैदी नवराज श्रेष्ठले हामीलाई भन्नु भयो ।
विपदको बेलामा पाउनु पर्ने न्युनतम सुविधा पनि आफुले पाउन नसकेको भन्दै कैदीहरु आन्दोलित बनेका हुन । रेडियो, टेलिभिजन र पत्रपत्रिका पढ्न र सुन्न पाउने अधिकार कैदि बन्दीहरुले पाउने भएपनि आफुलाई ति सबै सुविधाहरुबाट बञ्चित गरिएको उनिहरुको भनाई छ ।
सामान्यत प्राकृतिक बिपत्तिको बेलामा र अघिपछि पनि सुचनाका श्रोतहरुको प्रयोग गर्न पाउने र विरामी पर्दा औषधि उपचार पाउने अधिकार कैदीबन्दी हरुको हुन्छ । तर कारागारमा त्यो सुविधा पनि आफुले नपाएको गुनासो उनिहरुको छ ।
वैशाख १२ र २९ गतेको भूकम्पले कारागारको भवन भक्तिएर घाइते भएकाहरुले उपचार समेत नपाएको गुनासो उनिहरुको छ ।
तर गृह मन्त्रालयले भने कैदिको ज्यु–ज्यानको सुरक्षा दिन सकिने तर त्यसको नाममा कसैलाई पनि आममाफि दिन नसकिने बताएको छ