प्रभावित जिल्लामा मन्त्री नै आउने जस्ता किन्न पैसा दिने

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ३, २०७२

काठमाडौँ जेठ ३ – सरकारले भूकम्पपीडीतलाई बर्षातअघि नै अस्थायी बसोबास मिलाउन जस्तापाता खरिद लगायत प्रयोजनका लागि प्रतिपरिवार १५ हजार रुपैँया दिने भएको छ ।
सरकारीस्तरबाट जस्ता दिँदा ढिलो हुने सुझाव आएपछि सिधैँ पिडितलाई पैसा दिने निर्णय गरेको हो । त्यसअघि पीडीतलाई परिचयपत्र उपलब्ध गराउने र त्यसैका आधारमा रकम दिइन्छ, मन्त्री लालबाबु पण्डितले भने, तत्काल व्यवस्थापनका लागि उत्त पैसा दिन लागिएको हो । पिडीतलाई परिचय पत्र वितरण जिल्ला दैवीक प्रकोप उद्धार समिति लगायतको संयोजनमा हुनेछ ।
अहिलेसम्म जिल्लामा सचिव र निर्वाचन क्षेत्रमा सहसचिव खटाएकोमा सरकारले अब मन्त्रीलाई नै प्रभावित क्षेत्रमा खटाउन लागेको कान्तिपुर दैनिकले समाचार लेखेको छ ।