हावाहुरी सहितको असिना पानीले पाल च्यात्यो रात कसरी विताउने चिन्ता

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २, २०७२

1धादिङ जेष्ठ २ । आज दिउसो एक्कासी हावाहुरी संगै परेको असिना पानीको कारण धादिङमा रहेका भुकम्पपिडितहरुको जनजीवन कष्टकर बनेको छ । बैशाख १२ गतेको भूकम्पपछि निकै ठूलो धन जनको क्षती भएको धादिङबासी घर छोडेर खुल्ला आकासमुनी बस्न बस्दैआएका छन् । धादिङबेसी आसपास खुल्ला चौरहरुलाई आश्रय स्थलबनाई पालमुनी बसेका भुकम्पपिडिहरुका त्रिपाल हावाले च्याचिदिएको छ भने कतिपय स्थानमा पानीले विछ्यौनाहरु भिजाएपछि आजको रात झनै कस्टकर बनाईदिएको छ । धादिङबेसी स्थित जिल्ला खेदकुलको कवर्डहल निर्माण स्थलमा आश्रय लिएर बसेकाहरुको झनै विचल्ली बनाएको छ ।
सामाजिक संजाल लगायतका विभिन्न माध्यमबाट चलाईएका हल्लाका कारण पनि धादिङका करिब ६५ हजार परिवार घर छोडेर बाहिर बसिरहेका छन् ।
सरकारी दिर्घकालीन राहतको आशामा रहेका पीडितहरुको सबैजसो लताकपडा, खाद्यान्न पानीले भिजाइदिएको एक स्थानीयले बताए । भुकम्पले चर्काएका विभिन्न जमिनहरुमा पहिरोको सम्भावना बढेको विज्ञहरुले बताईरहेका बेला एक्कासी ठूलो हावाहुरीसंगै असिना पानी परेपछि धादिङवासीहरु त्रासमा छन् ।