राहत सामाग्री बोक्न निःशुल्क ढुवानीको ब्यवस्था मिलाएको छ

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ १, २०७२

राजन अधिकारी
धादिङ जेष्ठ १ । नेपाल ट्रिपर तथा ट्रक यातायात ब्यवसायी समितीले बैसाख १२ गते गएको महा भुकम्प पिडीतका लागी आएको राहात समाग्री निशुल्क ढुवानीको ब्यवस्था मिलाएको समितीले जानकारी दिएको छ ।
trakबैसाख १२ गते गएको महाभुकम्पले त्रिसित बनेका नागरिक हरुका लागी विभिन्न संघ संस्थाबाट आएको राहात सामाग्री एक ठाऊबाट अर्काे ठाउँ सम्म रकम विना अड्केका नागरि सामु राहत पु¥याउनु उद्देश्यका साथ नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिती कलंकी काठमाण्डौंले यस्तो ब्यवस्था मिलाएको समितीका बरिष्ठ उपाध्यक्ष गणेशलाल श्रेष्ठले बताउनु भयो ।
यसै क्रममा धादिङ जिल्लाको सदरमुकाम धादिङ वेशीबाट भुकम्प प्रभावित गाविस जिवनपुर, छत्रेदेउराली, लगायतका गाविसका नागरिकको लागी यु यन नामक गौर सरकारी संस्थाद्धारा वितरण गर्न लागीएको राहात सामाग्री ढुवानी गर्न धादिङ जिल्लाको नेत्रित्व गर्दै समितीका वरिष्ठ उपाध्यक्ष गणेशलाल श्रेष्ठले २७ वटा गाडी समिती ले परिचालन गरेको जानकारी दिएका छन् ।
रकम अभावका कारण राहात सामाग्री प्रभावित क्षेत्र सम्म पु¥याउन नसकेका व्यक्ति, संघ संस्था र सरकारी निकायलाई सहयोग गरि राहात वितरणमा सहयोग गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।