धादिङमा ७०४ को मृत्यू २९ हजार घर पूर्ण क्षेति

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २४, २०७२

ssधादिङ बैशाख २४ । बैशाख १२ गते गएको विनासकारी भुकम्पबाट धादिङका ७०४ जनाले ज्यान गुमाएका छन् भने २९ हजार घरहरु पूर्ण क्षेति भएको छ ।
आज जिल्ला स्वास्थ्य कार्यालय धादिङले गरेको पत्रकार सम्मेलनमा जानकारी दिर्दै उक्त जानकारी गराईएको हो ।
भुकाम्पले धादिङका ५० हजार घरहरु आम्सीक क्षेति भएको जानकारी दिदै १ स्वास्थ्य कर्मीले समेत ज्यान गुमाएको जानकारी गराईएको थियो ।
भकम्पले क्षेति पुर्याएका पिडितहरुलाई अझै राज्यले राहत पुर्याउन सकिरहेको छैन । मैदी मजुवा, नलाङको काम्दी, धादिङ जिल्लाको रि गाबिस वडानं ४ मा अहिलेसम्म कुनै पनि राहत नआएको खबर छ। नारा नेपाल भने संस्थाले राहत बाड्ने भने पनि त्यो सस्थाको अत्तो पत्तो नभएको बताईएको छ । त्यसै गरि तिप्लिङ सेर्तङ, कुम्पुर, लगाएतका गाविसहरुमा पनि राहत पुग्न सकिरहेको छैन ।