पिडामा हुनुहुन्छ, नआत्तिनुस् केहि दिनमा सबै राहात पाउनु हुनेछ– सिडियो

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २२, २०७२

cdo‘जिल्लाका सबै गाविसमा प्रारम्भिक राहत सामाग्री पठाई सकिएको छ । हुन सक्छ एकाद केहि टोलहरुमा छुटेका हुन सक्छन् तर ग्यारेन्टीका साथ दावी गर्छु केहि दिनमा नै धादिङका हरेक व्यक्तिले राहत पाउने छन्’ ।
यी माथिका वाक्यांश धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले हामी सँगको कुराकानीमा बताउनु भएको हो । उहाँले सुरुमा त्रिपालको अत्यन्तै संकट थियो तर आज भोलिमा सबै त्रिपाल आउने र खाद्यान्न पनि संघ सस्था मार्फत होस् या सरकारबाट जसरी भए पनि केहि दिन मा सबै भुकम्प पिडित घरधुरी र व्यक्तिले पाउने बताउँदै नआत्तिन आग्रह गर्नु भयो ।
अन्य जिल्लामा सुरु नहुँदै सरकारले दिएको नगद सहयोग पनि धादिङ दिन सुरु गरेको बताउँदै क्षेतिअनुसार नगद राहत बझ्न पनि सहयोग आग्रह गर्नु भएको छ ।