Bharat Dahal जानकारीका लागिः
याे स्टाटस कसैकाे सहयाेगलार्इ अाेझलमा पार्न राखिएकाे हाेइन तर ध्यान खिंच्नका लागि चाहिं हाे। गएकाे बुधबारका दिन भारतीय लाेकसभामा नेपालकाे भूकम्पलार्इ भारतकाे सुरक्षा चुनाैतिका रूपमा उठार्इयाे। भूकम्प पिडीतहरूकाे उद्धार, राहत र पुनर्निर्माणका नाममा नेपालमा चीनकाे प्रभावकारी घुसपैठ भयाे भन्ने कुरा त्यहाँ उठार्इयाे। नेपालमा चीनकाे सहयाेगलार्इ भारतमाथिकाे खतराका रूपमा विश्लेषण गर्नेहरूले हाम्राे देशलार्इ अाफ्नाे प्रान्तभन्दा तल्लाे नजरले हेर्छन् भन्ने तथ्य प्रष्ट हुन्छ।
भारतीय मिडीयाहरूमा के कुरा अार्इरहेकाे छ भने नेपाल भूकम्पबाट नउठ्दासम्म भारतीय सेना पफर्कनु हुँदैन। यस्तााे अाशयका लेख र समाचारहरूले भारतीय सेना नेपालमा स्थायी रूपमा बस्न खाेजेकाे मनशाय प्रकट गर्दछन्। नेपालका अाएका भारतीय सेनाहरू सरकारकाे समन्वय विना मनपरि रूपमा हिंड्नु र उनीहरूले अाफ्नाे बसार्इलार्इ ब्यारेकिकरणकाे ढाँचामा ढाल्दै गएकाे देखिनुले भारतीय भूमिकाप्रति हाेसियार हुन अावश्यक छ। सरकारले यसबारेमा समयमैं ध्यान दिएन भने जनस्तरबाट सुरू हुने विराेधले भारतसंगकाे संबन्धमा दीर्घकालिन नकारात्मक असर पुग्नसक्छ।
नारायण अमृत · टेन्ट लुकाएर घर लैजाने पापी कर्मचारी। राहतमा राजनीति गर्न खोज्ने लठ्ठक नेता । र, भग्नावशेषमा उभिएर सेल्फी खिच्ने तोर्पेहरु । तिमेरुलाई कुरीकुरी !
Jagat Regmi प्याब्सन कास्कीको सहयोगमा कल्लेरी ८ र ९ मा ३५० घरपरिवारलाई ३० केजीको चामलको बोरा, 5 केजी दाल, तेल र नुन एवम् केही थान त्रिपाल समेत वितरण । पोखरी गाउँमा पनि केही थान त्रिपाल वितरण गरियो । प्याब्सन कास्कीलाई मुरी मुरी धन्यवाद । यसको लागि सहयोग गर्नुहुने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा आदरणिय दाइ Rudra Prasad Bhatta र अन्नपूर्ण एफएमका स्टेशन म्यानेजर आदर्णिय दाइ Dipendra Shrestha लाई मुरीमुरी धन्यवाद !
Ram Thapa Chhetri भाबनात्मक सम्बन्धले गासिएको कुनै साइनो असाध्यै प्यारो लाग्दोरहेछ। धादिङको पीडालाई महशुस गरेर बाङ्गलादेशदेखि आफ्नै खर्चमा भुकम्पले गर्दा घाइते भएका धादिङका जनताको उपचारका लागि आउनुभएका ,BSMMU का सबै सिनियर दाइहरु आज सिन्धुपाल्चोक प्रस्थान गर्नुभो। उहाँहरु संगको बसाइ अबिस्मरनिय रह्यो। मेडिकल क्षेत्रमा आएपछि मैले धेरै थरीका ब्यक्तिहरु भेटे,कसैले मेरो अपमान गरे,कोहि मलाई लाल्छना लगाउदैमा टाढिए। तर दाइहरुको टिमले जस्तो सहयोग,माया र हौसला कसैले पनि दिएनन। जिबनमै पहिलोपटक मेरो हात समाएर सुचर गर्न सिकाउने,क्याथेटर लगाउन सिकाउने देखि धेरै कुराहरु मलाई सिकाइदिनुभयो। हरेक राउन्डमा मलाई संगै लिएर हिड्नुभो। कहिलेपनि मलाई जुनियरको दर्जा दिनुभएन।मैले राम्रो सिक्नुपर्छ, जनताको सेवा गर्नुपर्छ भन्नेमा उहाँहरुको जोड थियो। सायद म भाग्यमानी रहेछु,DSON को एउटा पोस्टको आधारमा धादिङको आबस्यकतालाई हृदयङगम गरि उहाँहरु अत्याधिक घाइतेको चाप भएको समयमा धादिङ अस्पताल आएर सेवा दिनुभो।उहाँहरुको टिमले धादिङका जनतालाई पुर्याउनु भएको सेवाको उच्च सम्मान गर्न चाहान्छु। साथै सुरुका समयमा COMS,Bharatpur टिमका सिनियर दाइहरुले पुर्याउनुभयको योगदानको पनि म मुक्त् कन्ठले प्रसंशा गर्दछु। बिपतको समयमा दाइहरुको टिमले गरेको योगदानको लागि हामी धादिङबासी जनता सधै आभारी छौ। #Really Missing You दाइहरु …….
Keshav Adhikari गाउं गाउंबाट निरन्तर फोन आईरहेका छन । हाम्रो गाउंमा कसैले केही सहयोग गरेन । घटना भएको आठ दिन भईसक्दा पनि खुल्ला आकाशमुनीको वास छ । खाने अन्न घरमै पुरिए, एक सरो कपडा पनि साथमा छैन , अरु केही नभएपनि एक थान त्रिपाल मात्रै भएपनि हुन्थ्यो । मलाई विश्वास गरेर फोन गर्नेहरुलाई दिने जवाफ म संग पनि छैन ।
Jones Breake Hang हाइटी मा भुकम्प आएको बेलाको इतिहास खोजेर पढ्नुस। के कती घोटाला भएको रहेछ? समग्र मा मैले यती बुझे की हाम्रा नेता हरू अब सायद बिश्वकै धनी नेता हुँदैछन्। बधाइ छ। मर्ने हरू मर्दै गर्छन्। कमाउने ले यै बेला मा कमाउने हो। मौक़ा मा अरूले चौका हान्लान्। यहाँ छक्कै हानीने छ। अब त प्रचण्ड जी ले पनी कुरा बुझ्नु भएछ क्यार.. मिलेर अगाडी बड्ने अरे नि त। मैले बुझेको सहयोग को नाममा १ रू. प्रधानमन्त्री कोष मा जम्मा नगरेकै राम्रो। किनकी अरबौंको थुप्रो मा सय / हजार/ अनी लाख को गन्ती नहोला अब। करोड त सामान्य भै सको। यदि सहयोग नै गर्ने मन भए सम्बन्धित कै हातमा बरू ५ रुपैंया दिए पनी ठाउँमा त पुग्ने छ। फेरी गज्बब को कुरा के रछ भने.. यो प्रधानमन्त्री कोष भनाउदो को चैं अडीट सडीट पनी केही न हुँदो रहेछ। जती ह्व्वाम्म पारे पनी फरक नपर्ने के त। प्रचण्ड भनाउदा हरु पनी कसरी मिलेमत्तोमा काम नगरून् त अनी। सिन्धुपाल्चोक मा खान नपाएर कुइएको सिनो सम्म पनी खानु परी रहेको अवश्था अनी यता बिदेशबाट आएको राहत ब्यारीको गोदाममा , अनी भागबण्डा नमीलेर एयर पोर्ट मै थुप्रीएको अवश्था , यता सिक्किम बाट आएको १५/२० गाडी समान मा कुरो नमीलेर भन्सार बाट नेपाल छिर्न नदिंदा फिर्ता लगेको अवश्था, ऊता खेलाडी, कलाकार , ब्यापारी, तथा सर्वसाधारण बाट , अन्य देश, विदेश बाट नेपाली भुकम्प पिडीत हरूको लागी भनेर दैनिक करोडौं भन्दा बडी नगद संकलन भइ रहेको अवश्था को हारेमा त सबै लाई थाहै छ के भन्नु र खै!!!!!!
तर बास्तबिकता भनेको ,लुकाएर राख्नु राम्रो हुन्न नी। काँचो केरा लाइ छोपेर राख्दा पाक्छ। अनी खान योग्य हुन्छ। तर कुहिएको आँप लाइ लुकाएर छोपेर राख्यो भने केही समय लुक्ला तर समय आए पछी झन् दुर्गन्ध फैलन्छ। त्यसैले बेलैमा मिल्काऊदा राम्रो हुन्छ। यो सब खबरदारी कै खातीर हो।। तर खबरदारी ले काम गर्छ नै भन्नेमा निर्धक्क भने चैं भइ हाल्ने अवस्था नभएको स्थीती छ। काग कराउदै गर्छ पिना सुक्दै गर्छ। हामी १/२ जन। कराउदैमा यो सब त नरोकिएला!! तै पनी देखेको सुनेको र भोगेको कुरा लाइ थोरै भए पनी अरु लाइ जानकारी गराएर खबरदारी मा सानो भूमिका निर्वाह गर्न खोजेको हो।
Rameshwor Karkiदेशले प्राकृतिक विपत्तिको सामना गरिरहेको छ । पिडामा मलम लगाउनेको भिड पनि उत्तिकै छ । हाम्रो दरिद्रतालाई राहत दिने निहुँमा मौका छोप्दै भारतीयहरुले देखाएको नन्दीभृङ्गी नाच र यो नाच भित्रको रहस्यले अर्को थप पिडा भएको छ । विपदमा सहयोग गरेको नाममा हजारौं लोकल बस ल्याएर आफ्ना नागरिक सिनित्तै पारेर लैजानु, विमानस्थल कव्जा गरेर आफुखुसी प्रयोग गर्नु, मिडियाले अफवाह फैलाउनु, उद्धारको नाममा निशेधित क्षेत्रमा पुगेर जासुसी गर्नुले यहाँ केही गडबडी भैरहेको महशुस हुन्छ । यो अवस्थामा सरकार निरिह बनेर हेरिरहेको छ । विपक्षि दल तैं चुप मै चुप गर्दै मौन छ । आफ्नो हठलाई मुद्धा बनाएर देशलाई दलदलमा फसाउने दलका नेताहरु हो यस्तै हो भने तिम्रो भागवण्डा मिलाउने बेलासम्म मुलुक कुरु क्षेत्र बनिसक्छ । अनि कहिले देखाउँछौं तिम्रो अन्ध राष्ट्रवाद मुलुकै नरहे ? खोल आँखा खोल राष्ट्र जोगाउन केहि त बोल !
Sunil Khadka टिभी, रेडियो, पत्रीका, अनलाइन सबै भुकम्पमय बन्यो ! जता ततै बिक्षिप्त, पिडायुत्त, भुकम्प बाट मृत्यु भएका र घाइते भएका हरुको दर्दनाक र डरलाग्दो तस्वीर, भिडियो, र खबर मात्र ! व्यक्तिगत रुपमा भन्नु हुन्छ भने यो कुरा मलाई चाहिँ पटक्कै मन परेन ! हामी दैनिक जिवनमा फर्कनै सकेनौ । त्यसैले म आवद्ध रेडियो निकास मा यस्ता खबर लाई प्राथमिकता नदिने सोचाइ बनाए । अब हाम्रो रेडियो मा भुकम्प सम्बन्धि राहत बितरण, घाइते हरुले उपचार नपाएको र पिडित ले राहत नपाएका खबर ले मात्र स्थान पाउने छ ! सामान्य खालको भुकम्प को कम्पन को खबर हामी भन्दैनौ, भुकम्प बाट कतिको मृत्यु भयो र दैनिक कति को मृत्यु भैरहेको छ ? त्यो पनि प्रशारण गर्दैनौ, हामी त्यसै त्रसित छौ, थप त्रसित हुने खबर नभन्ने सोच बन्यो, बरु मिठा र सुमधुर सङ्गीत, अनि चेतनामुलक सामग्री प्रशारण गर्ने छौ । अब भन्नुस मेरो यो सोच ठिक कि बेठिक ?
Santosh Adhikary Adhikari बैरेनी गल्छीबाट कामको सिलसिलामा यु ए इ का रहेको राज कुमार ढकालले हालै गएको महॉभुकम्प बाट गएको क्षतिको लागि राहत स्वरुप रू १५०००० एक लाख पचास हजार सहयोग आएको छ तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क राख्नुहोला सहयोगको लागि राज कुमार ढकाललाई धन्यबाद