बैशाख ७ गते फुलखर्कमा प्रचण्ड आउने

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ४, २०७२

PRACHANDA dahalफूलखर्क बैशाख ४ । धादिङको फुलखर्कमा रहेको प्राविधिक शिक्षालय अवलोकनको लागि बैशाख ७ गते प्रचण्ड आउनु हुने भएको छ ।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड विद्यालय प्राङ्गणमा आउनुहुने पक्का भएपछि पूर्व गरिने सबै तयारीको लागि आबश्यक विभिन्न समिति तथा उप–समितिहरु गठन गरि काम भैरहेको विद्यालयले जानकारी दिएको छ ।
धादिङको फुलखर्क गाउँ विकास समिति स्थित वडा नं। २ मा रहेको मण्डली उच्च मध्यमिक प्राविधिक विद्यालयले भर्ना तथा विद्यार्थी स्वागत अभियान निरन्तरता दिईरहेको छ ।
एक साता लामो अभियान संचालन गरेर संचालन गरिएको भर्ना अभियानमा हालसम्म ३ सय २६ जना विद्यार्थीले भर्ना गरेको विद्यलयका प्रधानाध्यापक नवराज अधिकारीले बताउनुभयो ।