स्थानीय विकास अधिकारी थापाले गरे पत्रकार सँग छलफल

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ४, २०७२

ldo-dhadingधादिङ बैशाख ४ । धादिङको स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापाले विहिबार जिल्लामा क्रियाशील संचारकर्मीहरु सँग छलफल गर्नुभएको छ ।
वि.स. २०४९ साल देखि निजामति सेवामा रही सेवा गर्दै आउनु भएका थापा यस अघि यातायात व्यवस्था कार्यालय, गण्डकीमा कार्यरत हुनुहुन्थ्यो । क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्था कार्यालयमा कामको लामो अनुभव सँगाल्नु भएका थापा स्थानीय विकास अधिकारीको रुपमा भने धादिङ पहिलो पटक आउनुएको हो ।
स्थानीय विकास अधिकारी आउनुभएका थापाले चैत्र ३० गतेदेखी नै जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुसंग छलफल गरिरहनुभएको छ । जिल्लामा क्रियाशील संचारकर्मीहरुलाई आज आफ्नै कार्यकक्षमा बोलाई उहाँले जिल्लाको समग्र विकासको बारेमा छलफल गर्नुभएको थियो ।