सिडियोको निर्देशनमा थोपलको ढुङ्गा गिटी निकालियो

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २, २०७२

1धादिङबेसी बैशाख २ गते । विगत लामो समय देखि रोक लगाईएको धादिङबेसी आसपासका खोलाबाट बालुवा गिटी, नयाँ वर्षको दिन पारेर प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको निर्देशनमा थोपलखोलामा डोजर लाई बालुवा गिटी निकालिएको छ ।
2हिजो दिनभर जसो सदरमुकाम धादिङबेसीको सडक पानी चुवाउदै थोपल खोलाको बालुवा गिटी बोक्ने गाडीले हिलाम्मे बनाएको देखिन्थ्यो । जनसेवामा खटिने सिडियोले मनोगत ढंगले नीति बनाउने र त्यहि अनुरुप कार्यसम्पादन गर्ने यो पछिल्लो उदाहरण मात्र हो । प्रसङ्ग खोलानालामा डोजर लागाई बालुवा उत्खनन् गर्नु हो । प्रयोजन सामाजिक काममा होस या अन्य, खोलाको बालुवा रोकिएको थियो तर नयाँ वर्षकै दिन किन टोडियो खोला उत्खनन् गर्ने कार्य, सिडियोले जे मन लाग्यो त्यहि गर्न पाउँछन् ? बजार बासीले धादिङपोष्ट सँग गुनासो गरे ।
खोला अतिक्रमण गरिएको तितो अर्थातलाई छानबीन सम्म नथाल्ने नगरपालीका र पानी झार्दै वालुबा बोकेको भन्दै सुसासनको कुरा गर्ने डिएस्पी कता गए नयाँ बर्षको दिन । नागरीकहरुका नीम्ती अगुवाई गर्ने डलरवादीहरु किन मौन छन् दिनदहाडै थोपलखोलामा डोजर लागाई पानी चुहाँउदै बालुवाका बोकेपछि बजारबासीले आक्रोस पोखे ।
3

4