धादिङबेसी चैत्र २७ गते । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले युवराज लामाद्वारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्नु भएको छ ।
धादिङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाका माध्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सदस्यसचिव लामाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई खेलकुद विकासको आधार भएको बताउनु भएको थियो ।
प्रतियोगितामा ६ महिनाअघि दक्षिण कोरियाको इन्चोनमा सम्पन्न एशियाडमा नेपाली टोलीको तर्फबा एकमात्र कास्यपदक विजेता विमला तामाङले खेलकुद क्षेत्रलाई हार र जीतको रुपमा मात्रै हेर्न नहुने प्रतियोगिता खेलाडीका लागि अवसर भएको बताउनु भएको थियो ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीको अध्यक्षतामा सूरु भएको प्रतियोगितामा एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, नेपाली काँग्रेसका सचिव भक्त लामा, एमाले धादिङका नेता प्रेम सिलवाल, बंगालादेशबाट एमविविएस सकेर आउनुभएका रामथापा क्षेत्रि, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु लगायत खेलप्रेमीहरुको आतिथ्यता रहेको थियो ।
प्रतिायेगितामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष मनराज भण्डारीले जिल्लाको खेलुकद विकासमा सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनुभयो । आज देखि तीन दिनसम्म धादिङवेसीमा संचालन हुने प्रतियोगितामा जिल्लाभरका २४ विद्यालयले सहभागि जनाउनेछन् ।