मिराई टोक्यो धादिङले ११ जनालाई जापान पठाउँदै

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २७, २०७१

keshab copyधादिङबेसी चैत्र २७ गते । मिराई टोक्यो वल्र्ड ल्याङग्वेज नेपाल धादिङ मार्फत जापान जान लागेका विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
धादिङ जिल्लाबाट उच्च शिक्षा हासिल गराउने उद्देश्यले धादिङ जिल्लामा रहेको मिराई टोक्यो वल्ड ल्याङ्ग्वेज नेपाल धादिङले अध्यायन गराएका ११ विद्यार्थीहरुले जापान जाने प्रक्रिया सकी जापान जाने पक्का भएपछि उनीहरुलाई विदाई गरेको हो ।
धादिङका विभिन्न ठाउँमा रहेर अध्ययन गरेका ११ विद्यार्थीहरुले भाषा परीक्षामा नाम निकालेर अन्य सबै प्रक्रिया पूरा गरी भिषा सम्मको काम पुरा गरेकोले उनीहरुलाई विदाई गरिएको मिराई टोक्यो वल्र्ड ल्याङग्वेज नेपाल धादिङका संचालक केशव अधिकारीले बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, नेपाली काँग्रेस धादिङका सचिव भक्त लामा, एमाले धादिङका प्रतिनिधि प्रेम सिलवाल लगायत विभिन्न राजनीतिक दलका नेता तथा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।