धादिङबेसी चैत्र २५ गते । एमाओवादी सहितको ३० दलिय मोर्चाले गरेको ३ दिने आम हड्ताल फिर्ता भएको छ । २४ गतेको सफल बन्द पछि बाँकी दुई दिनको बन्द फिर्ता भए पछि धादिङबासीको जनजिवन सामान्य बनेको हो । बन्द फिर्ता भएपछि सामाजिक संजालहरुमा विभिन्न खाले टिकाटिप्पणिहरु छरपस्ट भएका छन् । बन्द फिर्ताहुन राम्रो भएको छ भन्नेहरु र बन्द केका लागि गरिएको थियो र केका लागि फिर्ता भयो भनेर आक्रोस फोख्नेहरु पनि प्रसस्तै छन् ।
धादिङ धुवाकोट निवासी बुद्धि तामाङ लन्डनबाट आफनो फेसबुकमा लेख्छन् ।भन्नलाइ जनताको आग्रहमा बन्द फिर्ता भनिएको छ । यो सरासर गलत हो । यात बिदेशी प्रभुहरुक निर्देशनमा हुनु पर्छ यात आन्दोलनको सफलता बाट आफै अतालिएको हुनु पर्छ। होइन भने किन आन्दोलनका अरु घटक हरुको सहमति बेगर बन्द फिर्ता लियो । यसको चित्त बुझ्दो जबाफ के माओबादीले दिन सक्छ ? मलाई लाग्छ यहि पारा हो भने जनजातिहरुले माओबादी छाडेर स्वतन्त्र रुपमा आफ्नै संगठन निर्माण गर्न तिर अग्रसर हुनु पर्छ।
त्यसै गरी धादिङबेसीबाट लोकनाथ डल्लाकोटी बन्दकर्तालाई इंकित गर्दै आफ्नो फेसबुकमा लेख्छन् कठै बरा तिमिले लिएको उदेश्य पहाड उचालने तर ढुङ्गानै उचालन सकेनौं त्यसै ले छोडिदेउ यि शक्तिका कुरा …..




