गाडी प्रेसको, काम गैर प्रेसको बन्दमा जे देखियो

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २४, २०७१

w

ww

wwwधादिङबेसी चैत्र २४ गते । ३० दलीय विपक्षी मोर्चाले गरेको आमहड्तालको पहिलो दिन, आज धादिङ पूर्ण रुपमा प्रभाव परेको छ । मोर्चाका कार्यकर्ताले बिहानै देखि धादिङबेसी सदरमुकाम र पृथ्वी राजमार्गमा र्याली निकाली बन्द सफल बनाउन सहयोग गर्न आग्रह गरेका थिए । यातायातका सवारी साधान चलेका छैनन् भने उद्योग धन्दा कलकारखाना, शैक्षिक संस्था, पसलहरु पूर्ण रुपमा बन्द छन् । गाडीहरु नचले पछि प्रेसको गाडी आज अलि चापमा देखिएको छ । आज प्रेसको गाडीलाई सामान बोक्न भ्याई नभ्याई भएको देखिन्छ । बन्द कर्ताले प्रेसको गाडीलाई छुट दिएकोले खुले आम सामान ओसार पसार गरेका हुन् ।