धादिङ चैत्र २३ गते । १२ बुँदे समझदारी र विस्तृत शन्ति सम्झौता विपरित युद्धकालिन घटनालाई मुद्धा लगाउने षड्यन्त्र हुन लागेको भन्दै धादिङबेसीमा ६ दलले प्रदर्शन गरेका छन् । प्रदर्शन पस्चात भएको कोणसभामा एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, नेकपा–माओवादीका संयोजक शम्भु श्रेष्ठ, नेकपा माओवादीका संयोजक रामबहादुर श्रेष्ठ र नेकपा एकिकृतका सचिव शिवनीधि खनालले युद्धकालका घटनाहरु १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता अनुरुप हल खोजिनु पर्ने बताउनु भएको थियो । उहाँहरुले नेमाले काँग्रेसले चाहँदैमा मलुकले अर्को द्वन्द खेप्न नसक्ने भन्दै सहमतिको विकल्प नरहेको समेत बताएका थिए ।