घोडचढी नाच सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २१, २०७१

धादिङबेसी चैत्र २१ । तामाङ जातिको पहिचान बोकेको घोडचढी नाच विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आज धादिङवेंशी स्थित निलकण्ठ स्रोत केन्द्रको हलमा सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ धादिङको आयोजनामा करिव पचास जनाको सहभागितामा सम्पन्न सो कार्यक्रममा घोडचढी नाचका अध्यता तथा घोडचढी नाच संरक्षण समितिका अध्यक्ष गोपाल फ्युवाले घोडचढी नाच र यसका सन्दर्भहरु विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि समाजशाष्त्रीहरु बाबुराम फ्युवा र सूर्य तामाङले टिप्पणी राख्नु भएका थिए ।
वहाँहरुले कार्यपत्र सन्तोष जनक रहेको र केही विषयहरुमा प्रस्तोताको ध्यान दिनसमेत सुभाव दिनुभएको थियो । यस प्रकारका अन्तक्र्रियाबाट तामाङ अनुसनधानकर्ताहरु जनमाउनु पर्नेमा जोड दिनु भयो । नेपाल तामाङ घेदुङका सल्लाहकार तथा तामाङ बुद्धिजीवि भक्त लामाले तामाङ पहिचान कायम गर्न भाषा, संस्कृतिका साथै घोडचढ िनाचले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बतायनु भयो ।
अध्यक्षको आसनबाट बोल्नुहुदै नेपाल तामाङ घेदुङका अध्यक्ष रामसिङ तामाङले जातिय चेतना भर्न सके मात्र पहिचान मेसो पाउने हुदा यसप्रकारको कार्यक्रमको आयोजना गरिएको प्रष्ट पार्नु भयो । घेदुङका सचिव सकुन्तला मम्वाले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रश्न तथा उत्तरको क्रम समेत चलेको थियो ।