चट्याङले नीलकण्ठ र बुढाथुमा क्षेती ठाउँ ठाउँमा विद्युत अवरुद्ध

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १६, २०७१

thunderstromeधादिङ चैत्र १६ गते । धादिङको विभिन्न गाउँ विकास समितिमा चट्याङ पर्दा जिल्लाका विभिन्न भागमा विजुली बत्ति बन्द हुनुका साथै २० घरभन्दा बढीमा क्षती र केही पशु चौपाय मरेका छन् ।
आज दिउसोको समयमा नीलकण्ठ नगरपालिका वडा नं. ४ रिजालथोकमा चट्याङ पर्दा करिब २० घरमा क्षती पुगेको छ, भने केही स्थानीयहरु घाईते भएका छन् ।
चट्याङको कारण रिजालथोकमा स्थानीयहरुको ६ बटा विजुलीको मिटर बक्स डढेर नष्ट हुनुका साथै विजुलीका तारहरु समेत जलेका छन् । चट्याङ लागेर रिजालथोकका कृष्ण बहादुर गुरुङको १ बोका समेत घाईते भएको छ ।
चट्याङ कहाँ परेको हो यकिन थाहा नभए पनि ट्रान्सफर्मरदेखी घरहरुमा राखिएको मिटरबक्स समेत सर्ट भएको स्थानीय कृष्णबहादुर गुरुङले बताउनुभयो । चट्याङ परेपछि पौवा गाउँका ३ जना किरियापुत्री सहित अन्य १२ जना गाउँले समेत बेहोस भएको गुरुङले बताउनुभयो । चट्याङका कारण २ जनाको शरीरका विभिन्न भागहरु पोलेको र बेहोस भएकाहरुमध्ये केहीको घरेलु उपचार र केहीको उपचारका लागि पस्पताल लैजाने तयारी भैरहेको बताइएको छ ।
उता बुढाथुम गाउँ विकास समिति वडा नं. १ घलेगाउँमा चट्याङ पर्दा खोरमा बाँधिराखेको बाख्रा मर्नुका साथै अर्को एक घरमा क्षती पुगेको छ ।
आज दिउसो पानी परेसंगै चट्याङ पर्दा बुढाथुम गाउँ विकास समिति वडा नं. १ का मानबहादुर घलेको खोरमा बाधिराखेको बाख्रालाई चट्याङ लागेको थियो । खोरमा बाँधिराखेको बाख्रालाई चट्याङ लागेपछि बाख्रा मरेको स्थानीय रामबहादुर घलेले बताउनुभयो । सो क्रममा चट्याङ लागेर स्थानीय पदमबहादुर घलेको घरको गाह्रो पनि भत्किएको घलेले बताउनुभयो ।
चट्याङ परेपछि जिल्ला सदरमुकाम आसपासका क्षेत्रबाट प्रसारण हुने अधिकाँस लाईनहरु बन्द भएको र अवरुद्ध लाईनमा विद्युत पठाउने तयारी भैरहेको विद्युत प्राधिकरणले जनाएको छ ।