रेडपाण्डाको छाला सहित ३ पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १६, २०७१

indexरसुवा चैत्र १६ गते । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा रेडपाण्डाको छाला सहित आईतबार तिन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला ठुलोपाखर–२ घर भई हाल रसुवा जिल्ला धुन्चेमा वस्ने ३० वर्षिय बुद्ध लामा, रसुवा जिल्ला हाकु गाविस–५ का ३६ वर्षिय देबी तामाङ र रसुवाकै यार्सा गाविस–५ का ४० वर्षिय राम तामाङ रहेका छन् ।
सदरमुकाम धुन्चे बजारमा रेडपाण्डाको छालाको अवैध कारोवार हुदै गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलबाट खटिएको विशेष टोलीले धुन्चे–५ स्थित सुप्साङ तामाङको घरमा डेरा गरी वस्ने होटल व्यवसायी तथा जिविसमा कार्यालय सहयोगीकोरूपमा कार्यरत बुद्ध लामाको कोठाबाट छालासहित उनलाई पक्राउ गरिएको थियो । लामालाई पक्राउ गरि उनले दिएको वयानको आधारमा अन्य दुई जनालाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रविण पोखरेलले जानकारी दिनु भएको रेडियो रसुवाले खवर प्रसारण गरेको छ ।