धादिङबेसी चैत्र १५ गते । केन्द्रिय कार्यक्रम अनुसार धादिङबेसीमा ३० दलिय मोर्चाका कार्यकर्ताहरुले निकालेको लाठी जुलुसमाथि प्रहरीले अन्दाधुन्द लाठी प्रहार गर्दा ७ जना मोर्चाका कार्यकताहरु घाईते भएका छन् ।
घाईते हुनेहरुमा एमाओवादी धादिङका सहसचिव मनराज भण्डारी, एमाओवादी कल्लेरी गाउँ पाटी समितिका अध्यक्ष रामशरण सिन्चुरी, बेनीघाट गाउँ समितिका उपाध्यक्ष धुर्व रुवाली, पूर्व जनुक्ति सेनाका लक्ष्मण रम्तेल लगायत ७ जना रहेका छन् ।
धादिङबेसीबाट बिचबजार तर्फ अगाडी बढेको मोर्चाको जुलुसलाई पुचारबजार माथिल्लो चोकमा प्रहरीले आक्रमण गरेको थियो । प्रहरी आक्रमणको घेरा तोड्दै बीचबजार पुगेर भएको कोण सभालाई सम्बोधन गर्दै एमाओवादी जनआन्दोलन परिचलन समिति धादिङका संयोजक पुष्पविक्रम मल्लले शान्तीपूर्ण आन्दोलनमा भएको प्रहरी हस्तक्षेपको भत्सर्ना गर्नु भएको थियो ।
त्यसैगरि कोण सभालाई सम्बोधन गर्दै एमाओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारीले प्रहरीले धादिङका माओवादीलाई किन दुस्मन देख्छ देशसै भरि भएको आनको कार्यक्रममा धादिङमा मात्र किन कार्यकर्ता कुटिन्छ धादिङका प्रहरीहरुलाई उदण्ड नबन्न आग्रह गर्नु भएको थियो । उहाँले जनताको करबाट तलब खाने अनि सहमतिको आधारबाट संविधान बनाउनु पर्छ भन्ने नेपाली आमाका छोरा छोरीलाई कुट्न पाइन्छ ? प्रश्न गर्नु भएको थियो । आन्दोलनमा देखिएका दृश्यहरु