रेडक्रस धादिङको १० औं अधिबेशन आज र भोलि

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १५, २०७१

isसहमति भएन भने सभापतिको उम्मेद्वार म पनि हुँ –अधिकारी
धादिङबेसी चैत्र १५ गते । जिल्ला रेडक्रस सोसाईटी धदिङ जिल्ला शाखा धादिङको २८ ओं वार्षिक साभारण सभा तथा १० औं जिल्ला अधिवेशन आज सुरु हुँदैछ ।
अधिवेशनको लागि सम्पूर्ण तयारी सकिएको र अधिबेशन बाट बन्ने नयाँ कार्यसमितिको लागि गृहकार्य भै रहेको सभापति इश्वरी प्रसाद अधिकारीले बताउनु भयो । उहाँले विगतमा रेडक्रस अधिवेशन पार्टीको चुनाव जस्तो देखिएको तितो अथार्तलाई यस पटकको अधिवेशनले मेट्ने जमर्को गर्दे छौ तर सहमति बन्न सकेन भने सभापतको उम्मेद्वार आफु पनि भएको बताउनु भएको छ ।
२६ वटा गाविसमा उपशाखा रहेको रेडक्रस धादिङको अधिबेसनमा प्रत्येक उपशाखाबाट ५/५ जना प्रतिनीधिहरु अधिबेसनको लागि धादिङबेसी आई सकेका छन् । अधिवेसन जिल्ला विकास समितिको सभाहलमा आज दिनको ११ बजे सुरु हुने सभापति अधिकारीले बताउनु भयो ।