धादिङबेसी चैत १३ । हिन्दू धर्माबलम्बीले आज देशभर चैते दसैं पर्व विशेष हर्सोल्लासका साथ मनाउँदैछन् ।
चैते दसैंका अवसरमा धादिङबेसीमा पनि धार्मिक मठ मन्दिरहरुमा भिड देखिएको छ भने प्राय सबै गाउँहरुमा खसी बोका, राँगा, हाँस, कुखुरा, भेडा, सुंगुर काटिएका छन् ।
हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने यो पर्वमा दुर्गा भवानीको पूजाआराधना गरिन्छ । वर्षमा चैत र असोजमा गरी दुई पटक दसैं मनाउने गरिएको छ । पहिला पहिला चैतमा बडादसैं बनाउने गरिएको भए पनि खानपिनका कारण मानिसहरु बिरामी पर्न थालेपछि असोजमा दसैं मनाउन थालिएको बताईन्छ ।