चैत्र २० गते सहकारी दिवस मनाईने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र १३, २०७१

DSCN6731बद्री अधिकारी
धादिङ चैत्र १२ गते । डिभिजन सहकारी कार्यालय धादिडको आयोजनामा बसेको बैठकले आगामी चैत्र २० गते बिभिन्न कार्यक्रम गरि सहकारी दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।
धादिङको सहकारी संघ, विषयगत जिल्ला सहकारी संघ र स्थानिय सहकारी संस्थाहरुको उपस्थितीमा बसेको बैठकले यही चैत्र २० गते ५८ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउने निर्णय गरेका हो ।
सहकारी दिवस मनाउनका लागि जिल्ला सहकारी संघका अध्यक्ष श्री नेत्रराज पौडेलको अध्यक्षतामा डिभिजन सहकारी कार्यालय १, विषयगत जिल्ला सहकारी संघ ५ र धादिड जिल्लाका सहकारी संस्था ४१० सहित ४१७ सदस्य मूल समारोह समितिकोे गठन गरेको छ । ५८ औं सहकारी दिवसको मूल नारा “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” भन्ने रहेको छ ।
बैठकले सहकारी दिवसको अवसरमा चैत्र १७ गते श्रोत परिचानल बचत तथा ऋण सहकारी संस्था लि.प्राङ्गणमा हुने रक्तदान कार्यक्रममा सहभागी सबैलाई आग्रह गर्दै २० गते विहान ७.०० वजे संस्थाको व्यानरमा पुच्छार वजारमा उपश्थित भई सिरानवजार सम्म र्याली गर्ने मन्चको कार्यक्रम गरी ¥यालीमा भाग लिने उत्कृष्ठ संस्थालाई पुरस्कृत समेत गर्ने वर्षभरीको कार्य सम्पादनमा उत्कृष्ट ठहर भएका संस्था, संचालक र कर्मचारी मध्ये एक एक लाई पुरस्कृत गर्ने । बैठकवाट मिति २०७१ चैत्र २० गते विहान हुने र्यालीको स्वतन्त्र मूल्यांकन गर्न नेपाल पत्रकार महासंघ धादिडलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।