कानूनी कार्यविधिबारे धादिङवेसीमा अन्तरक्रिया सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र १२, २०७१

ssधादिङ चैत्र १२ । प्रशासकीय अधिकारीले मुद्दाको कारबाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिको बारेमा बुधबार धादिङवेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
युवा अभियान नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, जिल्ला विकास समितिका योजना अधिकृत युवराज अर्याल, नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद ढकाल विभिनन संचरमाध्यममा कार्य।त संचारकर्मीहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ओमेन एक्टका कानूनी सल्लाहकार खिलानाथ घिमिरेले प्रशासकीय अधिकारीले मुद्दाको कारवाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गरेको विधेयक २०७१ को वारेमा सहजिकरण गर्नुभएको थियो ।
सो अवसरमा सहभागिहरुले विधेयक निर्माणको क्रममा सम्भावित त्रुटिहरु सहित सुधार तथा संसोधनका विषयहरुमा आ–आफ्नो धारणा राखेका थिए ।
अन्तरक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले देखिएको कानून बनाउन र संसोधन गर्न लिएको परामर्श निकै राम्रो भएको बताउनुभयो । कार्यक्रममा यूवा अभियान नेपालका कार्यकारी निर्देशक विनोद रिजालले अभियानको १९ औं श्रृंखला मध्ये १० औं श्रृंखलासम्मको कार्यक्रम धादिङमा गर्न पाएको भन्दै धन्यवाद दिनुभएको थियो ।