धादिङबेसी चैत्र ११ गते । सहसचिवमा बडुवा भई जानुभएका धादिङका पूर्व स्थानीय विकास अधिकारी रुद्र सिं तामाङलाई विभिन्न संघ संस्थाहरुले आज विदाई गरेको छ । स्थानीय विकास अधिकारीको रुपमा रहि छोटो समयमा नै जिल्लाको समग्र विकास गर्न महत्वपूर्ण योगदान गरेको भन्दै जिल्ला क्रियाशील विभिन्न संघ संस्थाहरुले उहाँको विदाई गरेको जनाएका छन् ।
आज मात्रै नेपाल पत्रकार महासंघ धादिङले आफ्नै नव निर्मित भवनबाट उहाँको विदाई गरेको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले गरेको विदाई कार्यक्रममा सहसचिव सिं ले आफूले धादिङ जिल्लाका सबै पक्षहरुबाट सहयोग पाएको बताउनुभयो । सो क्रममा सहसचिव सिं ले आफूले काम गरेको जिल्लाहरु मध्ये धादिङ उत्कृष्ठमा रहेको भन्दै प्रसंसा समेत गर्नुभएको थियो ।
समयलाई कुर्ने बाँनीले नेपालीहरुको हित नगर्ने उल्लेख गर्नुभएका उहाँले आफले समयसंगै दौडनुपर्छ भन्ने मान्यता राख्ने गरेको समेत उल्लेख गर्नुभएको थियो । आज मात्रै धादिङ उद्योग वाणिज्य संघ, विभिन्न सरकारी कार्यलयहरु तथा गैर सरकारी संघ संस्थाहरुले समेत सम्मान गरेका थिए ।