श्रावण देखि यता मात्र धादिङमा १३ वटा जवरजस्ती करणीको मुद्धा दर्ता

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र १०, २०७१

poधादिङबेसी चैत्र १० गते । पछिल्लो समय जवरजस्ती करणीको घटना बढिरेको विषय चर्चामा आईरहेको बेला धादिङमा पनि घटनामा वृद्धि भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले आज धादिङवेसीमा आयोजना गरेको जवरजस्ती करणी अपराध नियन्त्रण अभियान कार्यक्रममा जिल्लामा घटनाको संख्यामा वृद्धि भएको पाइएको हो ।
जिल्ला विकास समितिको सभाहलमा आयोजित उक्त कार्यक्रममा आर्थिक वर्ष २०६६–०६७ मा प्रहरी कार्यालय धादिङमा जवरजस्ती करणीको घटना ८ वटा दर्ता भएको थियो भने, ६७–६८ मा ५ वटा र त्यसयता क्रमश घटनामा वृद्धि भएको छ । जिल्लामा क्रमश ०६८–०६९ मा ८ वटा, ६९–०७० मा १८ वटा र ०७०–७१ मा २२ वटा जवरजस्ती करणीको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा साउनदेखी हालसम्म मात्रै १३ वटा जवरजस्ती करणीको घटना दर्ता भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले बताउनुभयो ।